काठमाण्डौ- आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
बैठक पर्सि आइतवार बस्ने गरी स्थगित भएको हो । यसअघि हिजोका लागि बोलाइएको बैठक सरकारको आग्रहमा आज बस्ने गरी स्थगित गरिएको थियो । आज पनि सरकारको आग्रहमा बैठक स्थगित गरिएको संसद सचिवालयको जारी सूचनामा भनिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।