काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अहित हुने काममा एमाले कहिल्यै नलाग्ने बताएका छन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा शुक्रवार पोखरामा आयोजित गण्डकी प्रदेशका अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीले यथास्थितिमा एमसिसिको पक्षमा सम्झौता गर्ने पक्षमा एमाले नरहेको बताए ।
‘एमाले साना मसिना कुरामा अल्झिने पार्टी हैन, स्थानीय निर्वाचनको मिति घोषणासँगै एमालेको ध्यान निर्वाचनप्रति केन्द्रित छ’ उनले भने ‘राष्ट्रियता, भूमि र सीमाना संरक्षणमा एमालेले कसैसँगै सम्झौता गर्दैन, हामी बलियो राष्ट्र बनाउनेतर्फ लाग्छौ । राष्ट्रियताका लागि सबै नेपाली एकजुट हुनुपर्छ’अध्यक्ष ओलीको भनाइ रहेको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।