एजेन्सी- युक्रेनमाथि गरिएको आक्रमणका कारण मस्कोमाथि व्यापक अन्तर्राष्ट्रिय दबाब बढिरहेका बेला थुप्रै युरोपेली मुलुकले रुसी उडानका लागि आफ्ना हवाई क्षेत्र बन्द गरेका छन् ।
शनिबार लात्भिया, स्लोभेनिया र रोमानियाले रुसबाट आउने केही उडानमाथि आफूहरूले प्रतिबन्ध लगाइरहेको बताएका छन् ।
त्यसअघि, रुसले आफ्ना जेट विमानमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका बुल्गेरिया, पोल्यान्ड र चेक गणतन्त्रबाट आउने उडानका लागि आफ्नो हवाई क्षेत्र बन्द गर्ने जनाएको थियो ।
यसैबीच, अब रुसको स्वामित्वमा रहेका विमानहरूले संयुक्त अधिराज्यको हवाई क्षेत्रमा प्रवेश नपाउने भएका छन् ।
इस्टोनियाका प्रधानमन्त्री काजा काल्लासले ट्विटरमार्फत युरोपका अरू मुलुकलाई पनि यस्तै प्रतिबन्ध जारी गर्न आह्वान गरेका छन् । बीबीसी
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।