• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

मनाङका घर–घरमा हाइब्रिड स्याउ

पासोमा फसेको चितुवा मर्‍याे

छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

सालकको खपटासहित एकजना पक्राउ

रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने

बँदेलका लागि थापेको पासोमा चितुवा

जुम्लाका अगार्निक तरकारी निर्यातको लागि संकलन सुरु

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

चर्चित

  • १. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

  • २. तीन गोही खायो बाघले

  • ३. सडक निर्माणमा खटिएका नेपाली सेनाको मृत्यु

  • ४. सुर्खेतकाे वीरेन्द्रनगरमा वर्षा

  • ५. विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिनू : उच्च अदालत सुर्खेत

  • ६. बहिनीकाे प्रेमीलाइ हत्या गरी शव भारतको रक्सौल पुर्‍याएपछि…

  • ७. रुपैडिहा बजारमा नेपाली उपभोक्ताको भीड

  • ८. रुपन्देहीमा गोली चल्यो, एकजना घाइते

  • ९. विश्वकप फुटबलको खेल तालिका परिवर्तन

  • १०. मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियारको नियन्त्रणमा

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

आज बस्ने प्रतिनिधि सभाको बैठक बाट एमसीसी पारित गर्ने तयारी

  •  राष्ट्रिय संञ्चार
  • १५ फाल्गुन २०७८, आईतवार १२:२० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले आजै एमसीसी सम्झौता पारित गर्ने सहमति गरेको छ । “शंका-उपशंका उठेका विषयमा ब्याख्यात्मक टिप्पणी गरेर आजै एमसीसी सम्झौता पारित गर्ने सहमति भएको छ,” बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने।

    सत्तारुढ गठबन्धनमा एमसीसी सम्झौताका विषयमा विवाद हुँदा प्रतिनिधि सभाको बैठक पनि स्थगित हुँदै आएको थियो। यसअघि दुई पटक स्थगित भएको प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्दै छ।

    Advertisement

    प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी सम्झौताका विषयमा उठेका प्रश्न सम्बोधन गर्नेगरी ब्याख्यात्मक टिप्पणी पेश गर्ने तयारी रहेको छ । त्यसमाथि छलफल भएपछि पहिलो बैठक सकिनेछ।

    त्यसपछि आजै प्रतिनिधि सभाको दोस्रो बैठक बस्ने तयारी गरिएको छ। “दोस्रो बैठकबाट एमसीसी सम्झौता अनुमोदन हुन्छ,” नेता पौडेलले भने, “गठबन्धनको बैठकले आजै एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय गरेको छ।”

    यसमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को पनि सहयोग रहने पौडेलको भनाइ छ। “प्रमुख प्रतिपक्ष दलको सकारात्मक भूमिका हुन्छ,” एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पटकपटक छलफल गरेका नेता पौडेलले भने, “प्रमुख प्रतिपक्ष दलकै नेता प्रधानमन्त्री भएको वेला संसद्मा दर्ता गर्ने, अगाडि बढाउने भनेर निर्णय भएको हो। उहाँहरू त पूरै बाँधिनु भएको छ।”

    अहिलेको सरकारले नेपालको पक्षमा हुने गरी थप ब्याख्यात्मक टिप्पणी गर्न लागेको उनको भनाइ छ। “नेपालको पक्षमा जो प्रष्ट गर्नुपर्ने थियो, त्यसलाई प्रष्ट गरेर यो सरकार अगाडि बढ्छ,” पौडेलले भने, “यसअघिको भन्दा राष्ट्रहितका पक्षमा एक कदम अगाडि बढेर यो सरकारले लागू गर्छ।”

    Advertisement

    एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका वेला एमसीसी सम्झौता संसद्मा दर्ता भएको थियो। यसलाई ८ फागुनमा प्रतिनिधि सभामा टेबल गरिएको हो। सत्तारुढ दलभित्रको विवादले यसमाथि छलफल हुन सकेको थिएन्।

    आज बिहान बसेको सत्तारुढ गठबन्धनको बैठकले सहमति गरेसँगै एमसीसी सम्झौता अगाडि बढ्ने भएको हो। सत्तारुढ गठबन्धनको बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

    Advertisement
    Advertisement

    Post Views: 5
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १५ फाल्गुन २०७८, आईतवार १२:२० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    दुई जना मानिस खाएको बाघ नियन्त्रणमा
    मनाङका घर–घरमा हाइब्रिड स्याउ
    पासोमा फसेको चितुवा मर्‍याे
    यो पनि हेर्नुहोस
    छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु
    सालकको खपटासहित एकजना पक्राउ
    रवि लामिछानेको पार्टीले प्रदेश सभा चुनावमा भाग नलिने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. दुई जना मानिस खाएको बाघ नियन्त्रणमा

    • २. मनाङका घर–घरमा हाइब्रिड स्याउ

    • ३. पासोमा फसेको चितुवा मर्‍याे

    • ४. छुट्टाछुट्टै घटनामा बाँकेमा दुईजनाको मृत्यु

    • ५. सालकको खपटासहित एकजना पक्राउ

    धेरै पढिएको
    • १. सुर्खेतमा ल्याउने भेरी पम्पिङ खानेपानी आयोजनाको ‘डिजाइन हेरफेर गरीदै

    • २. सुर्खेतको चौकुने गाउँपालिकाले नामै तोकेर हटायो करार कर्मचारी

    • ३. सुर्खेतमा २ सय १० किलाे मंगुर माछा जफत

    • ४. लागूऔषध सहित वीरेन्द्रनगरबाट तिनजना पक्राउ

    • ५. आज नागपञ्चमी पर्व मनाइँदै

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology