सुर्खेत- वीरेन्द्रनगर युथ कप २०७८ अन्नरपालिका स्तरिय पुरुष भलिबल खेल हुने भएको छ।
जिल्ला खेलकुद विकास समिति सुर्खेतको खेल मैदानमा यहि फाल्गुन २२- २४ गते सम्म हुने खेलमा सबै पालिका बाट खेलाडी खेलमा सहभागिता हुने वीरेन्द्रनगर युवा क्लबका अध्यक्ष निराजन ढकालले राष्ट्रिय संचारलाई जानकारी दिएका छन् ।
खेलमा प्रथमलाई १००००० (एक लाख )
द्वितीय ५०,०००(पचास हजार )एवम्
,तृतीय लाई २५००० (पच्चीस हजार ) नगदसहित ट्रफि मेडल र प्रमाण पत्र वितरण गरिनु का साथै सर्वोउत्कृष्ट खेलाडि तथा स्पाइकर र उत्कृष्ट सेटर लगाईत लाई नगदसहित सम्मान गरिने बताईएको छ ।
साथै भलिबल खेलका लागि टिम दर्ता सुरु गरिएको छ टिम दर्ताको शुल्क ५००० (पाँच हजार ) तोकिएको ढकालले बताएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।