काठमाडौं- युक्रेन र रसिया बीचको युद्ध चर्किंदै जाँदा यसको असर कच्चा तेलको मूल्यमा पनि देखा पर्ने देखिएको छ।
मंगलबार एकैदिन झण्डै चार प्रतिशतले बढेर ब्रेन्ट कच्चा तेलको मूल्य ११ वर्ष यताकै उच्च बिन्दुमा पुगेको आयाल प्राइस डटकमले बताएको छ ।
मंगलबार ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल १०९.६ सेन्ट डलर पुगेको छ । जुन १ मार्च २०११ को भन्दा १.२ डलरले कम हो । सो दिन प्रति ब्यारेल ब्रेन्ट कच्चा तेलको मूल्य डलर ११०.४ सेन्ट थियो ।
युद्धका कारण विभिन्न देशले रसियामाथिको प्रतिबन्ध बढाउँदै लगेपछि रसियाबाट निर्यात हुने कच्चा तेल र ग्याँसको आपूर्ति शृंखलामा असर पर्ने अनुमान गरिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।