• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने

भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै

सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

मौसममा खराबी आएपछि आकस्मिक हेलिकप्टर अवतरण

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. सुर्खेतका प्रमुख र अध्यक्षले लिए सपथ

  • ६. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

  • ७. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ८. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ९. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • १०. ओलीलाई गृहवडामै धक्का

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

रुसी सेनालाई युक्रेनीहरूले खाना दिँदा रुँदै आत्मसमर्पण गरे

  •  राष्ट्रिय संञ्चार
  • १९ फाल्गुन २०७८, बिहीबार १७:०० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    एजेन्सी- बुधबार एक रुसी सेनाले युक्रेनीहरू सामु आत्मसमर्पण गरिसकेपछि रुँदै आफ्नी आमालाई फोन गरेको भिडियो यतिबेला रुस र युक्रेन दुवै देशमा भाइरल भएको छ । भिडियोमा भर्खरको उमेरका ती रुसी सेनालाई हतियार फालिसकेपछि वरपरका महिलाहरूले सम्झाउँदै फकाउँदै गरेको देखिन्छ ।

    एक महिलाले उनको ढाडमा सुम्सुम्याउँदै ‘सबै ठिक हुन्छ ठिक छ’ भनिरहेको देखिन्छ । त्यसपछि उनलाई त्यहाँका सबैले चिया दिन्छन् । चिया पिउँदै उनले रुँदै आमासँग पनि कुरा गरिरहेका छन् जहाँ स्थानीयले नै उनको हातमा फोन दिइरहेको देखिन्छ ।

    Advertisement

    आमासँग कुरा गर्दागर्दै रोएका ती रुसी सैनिकलाई सबैले हौसला दिन्छन् । एक महिलाले त फोनमा बोल्दै उनकी आमालाई ‘तपाईंको छोरा जीवित र स्वस्थ छ’ पनि भनिरहेकी छन् ।

    त्यही भिडमा उभिरहेका एक युक्रेनी पुरुषले भनेका छन्, “यसमा यी युवाहरूको कुनै गल्ती छैन । यिनीहरूलाई त यहाँ किन आएको पनि थाहा रहेनछ । उनीहरू पुरानो नक्साको प्रयोग गरिरहेका रहेछन् त्यसैले हराइरहेका छन् ।”

    सबैतिर भाइरल बनेको यस भिडियोको तल लेखिएको छ, “रुसी सेना तिमीहरू आत्मसमर्पण गर, युक्रेनीयन जनताले तिमीलाई खान दिनेछन् । तिमी केवल समर्पण गर ।”

    त्यस्तै यसमा धेरैले ती सैनिक कति जवान छन् भन्ने बारेमा पनि चर्चा गरेका छन् ।

    यसअघि युक्रेनको रक्षा मन्त्रालयले त्यसरी पक्राउ परेका जवान सेनाहरूलाई तिनका आमाले आएर लैजान सक्ने बताएका थिए ।

    मस्कोलाई लज्जास्पद तुल्याउने प्रयास अनतर्गत युक्रेनले रुसी अभिभावकका लागि एउटा टेलिफोन हटलाइन पनि राखिदिएको छ । एक प्रमाणित सामाजिक सञ्जाल पोस्टमा आफ्ना छोरा त्यसरी युक्रेनमा पक्राउ परेको पाएमा तिनका आमाहरूले रुसदेखि युक्रेनको राजधानीसम्म यात्रा गर्न सक्ने भनिएको छ ।

    यसमा युक्रेनी मन्त्रालयले इमेल–एड्रेस र फोन नम्बर पनि दिएको छ, जसमार्फत कुनै सेना पक्राउ परेको या मारिएकाबारे थाहा पाउन सकिनेछ । यसपछि उनीहरू बेलारुसबाट पोलिस सीमानासम्म ट्याक्सीमा आउन सक्छन् र त्यहाँबाट उनीहरूलाई हस्तान्तरण गर्ने ठाउँसम्म पुर्‍याइनेछ ।

    एक युक्रेनी अधिकारीले लेखेका छन्, “हामी युक्रेनीहरू पुटिनजस्तो क्रुर छैनौँ । हामी आमा र तिनका कैद बच्चाहरूसँग लड्दैनौँ । हामी उनीहरूलाई किभमा पर्खिएर बस्नेछौँ ।”

    विभिन्न रिपोर्टकाअनुसार अहिले धेरै रुसी सेनाहरूले या त युद्धबाट भाग्ने या आत्मसमर्पण गर्ने प्रयास गरिरहेका छन् । यसमा रुसी सेना बलसँग खानेकुरा र इन्धन दुवै सकिँदै गएको हुँदा भोकले आत्तिएका धेरैले लुटपाटको तरिका अपनाइरहेको र कतिले चाहिँ खानका लागि आफ्नो सैन्य पहिरन र हतियारसमेत त्यागिरहेको पाइएको छ ।

    अवरुद्ध रेडियो सन्देशहरूले पनि रुसी सेनाले युक्रेनी सहर जलाउन, भत्काउन, नष्ट गर्न लगायतका आदेश मान्न अस्वीकार गरिरहेको देखिएको छ । जस्तै अर्को एक भिडियो फुटेजमा पनि पक्राउ परेका एक रुसी सैनिक रुँदै आफूलाई किन त्यहाँ आएको भन्ने थाहा नभएको बताइरहेका छन् । शान्ति सेना भनेर किन युद्धमा पठाइएको भन्ने आफूले बुझ्न नसकेको उनले दाबी गरिरहेका छन् ।

    त्यस्तै एक घाइते रुसी सैनिकले भनेका छन्, यो हाम्रो युद्ध होइन । आमा दिदी बहिनीहरू आफ्ना पति र छोराछोरी लैजानुहोस् । हामी यहाँ रहन आवश्यक नै छैन ।

    रुँदै गरेका अर्का रुसी कैदिले पनि भनेका छन्, “यहाँ कसैको शव पनि उठाइँदैन कुनै अन्त्येष्टि समेत गरिँदैन ।” शव छुने बित्तिकै रसियन फेडेरल सेक्युरिटी सर्भिस (एफएसबी) ले गिरफ्तार गर्ने गरिएको उनले बताए ।

    पक्राउ परेका केही सैनिकहरूले बताएअनुसार युद्धमा लड्न अस्वीकार गरे उनीहरूलाई गोली हानेर मार्ने भनिएको थियो ।

    यसअघि एक वरिष्ठ अमेरिकी अधिकारीले न्युयोर्क टाइम्ससँग कुरा गर्दै कतिपय रुसी सेनाहरूले निदोर्षलाई मार्नु नपरोस् भनेर आफ्नै ट्यांकमा जानीजानी प्वाल पारिरहेको समेत देखिएको बताएका थिए ।

    त्यस्तै अन्य प्राप्त रेडियो सिग्नलका अडियोमा चाहिँ सेनाहरूलाई सुरुवातमा युक्रेन सजिलै कब्जा गर्न सकिने ठूलो लडाइँ लड्नु नपर्ने भनिएको पनि पत्ता लागेको छ । पक्राउ परेका अधिकांश रुसी सेनाले आफूहरू सीमा क्षेत्रमा प्रशिक्षण लिइरहेको भन्ने ठानेको र पछि मात्र युक्रेन हमलामा पठाइएको थाहा पाएको बताउने गरेका छन् ।

    युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले गए रातिको वक्तव्यमा पनि हजारौँ रुसी सैनिकहरू पक्राउ परेको दाबी गरेका छन् । युक्रेनी सेना, सीमा क्षेत्रका सुरक्षाकर्मीदेखि साधारण किसानले समेत हरेक दिन सयौँ सङ्ख्यामा रुसी सेनालाई पक्रिएको उनले बताएका छन् ।

    यसरी युक्रेनी सेना भन्दा दर्जनौँ गुणा बढी सङ्ख्यामा भएपनि शत्रुको मनोवल लगातार घटिरहेको उनले थप भनेका छन् ।

    युक्रेनी जनता र अन्तर्राष्ट्रिय समुदायबाट व्यापक प्रशंसा र समर्थन पाइरहेका जेलेन्स्कीले भोका रुसी सेनाहरू युक्रेनका सुपरमार्केटमा लुटपाट मचाइरहेको आरोप पनि लगाएका छन् ।

    उनी भन्छन्, “उनीहरू कुनै शक्तिशाली योद्धा होइनन् केवल द्विविधामा परेका बच्चाहरू हुन् । तरपनि उनीहरूले यहाँ शान्ति पाउन सक्दैनन्, यहाँबाट खानेकुरा लिन सक्दैनन् । उनीहरू सबैले हाम्रो कहिल्यै हार नमान्ने शैलीलाई सधैँ याद राखिरहनेछन् ।”

    यस अघि जेलेन्स्कीले रुसले युक्रेनी जनता, युक्रेनको इतिहास र एउटा सिङ्गो देशलाई  नै मेटाउने प्रयास गरिरहेको आरोप लगाएका थिए ।१२खरी डटकम बाट

    Advertisement

    Post Views: 5
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    १९ फाल्गुन २०७८, बिहीबार १७:०० प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स
    स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन
    सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो
    यो पनि हेर्नुहोस
    काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि
    नवराज विकसहित छ जना मारिएको दिनलाई विद्रोह दिवसको रूपमा मनाइने
    भरतपुरमा ९४ हजार मतगणना हुदा रेनुको अग्रता कायमै
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विश्वमा फैलिँदैछ अर्को भाइरस मंकीपक्स

    • २. स्कूल अफ ल बाट पहिलो सेमेस्टरका विद्यार्थीद्वारा यौन हिंशा विरुद्ध शान्तिपूर्ण प्रदर्शन

    • ३. विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    • ४. सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

    • ५. काठमाडौं महानगरपालिका बालेनभन्दा सुनिता अगाडि,सिर्जनाभन्दा स्थापित पछाडि

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology