• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

आफू र घरलाई चट्याङ्बाट कसरी बचाउने ?

बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

जबर्जस्ती करणी आरोपमा पक्राउ

छानविन समितिलाई सहयोग गर्न गृहको आग्रह

चर्चित

  • १. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

  • २. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

  • ३. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

  • ४. ६८२ पालिकाको अन्तिम नतिजा आउदा कांग्रेस अगाडी

  • ५. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

  • ६. बालेन शाहले २३ सय भन्दा धेरै मतको अग्रता

  • ७. बालेनको अग्रता फराकिलो, केशवलाई सिर्जनाले पछि पारिन्

  • ८. ओलीलाई गृहवडामै धक्का

  • ९. भरतपुरमा गठबन्धनको अग्रता कायमै

  • १०. बालेन साह र केशव स्थापितबीचको मतान्तर कति ?

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व प्रत्यारोपण सफल

  •  राष्ट्रिय संञ्चार
  • २१ फाल्गुन २०७८, शनिबार १०:५७ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौँ । नेपालमा पहिलो पटक मानिसमा मुटुको कृत्रिम भल्व राखिएको छ । शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राखेको हो । केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको जानकारी दिए ।

    उनले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिए। यसविधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।

    Advertisement

    प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम शुरुगर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसूस हुने गर्दछ । केन्द्रले ती बिरामी महिलाको सोमबार भल्व प्रत्यारोपण गरेर शुक्रबार डिस्चार्ज गरेको हो । मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ । उक्त एओर्टिक भल्व बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

    मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ । यस्ता रोग लागेमा बिरामीको पाँच वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत, तीन वर्षमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुने गर्दछ । यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो । तर वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने गर्दछ ।

    ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि केन्द्रले सफल भएको हो । “बिरामीको नियमित दुई महिनाको नियमित परीक्षण पछि हामीले सफल प्रत्यारोपण गर्न सफल भएका हौँ”, उनले भने , “भल्वको सिटी स्क्यान गरेर कम्पनीमा पठाऔँ र सोहीको आधारमा भल्व बनाइ नेपाल पठाइएको हो । लामो सल्लाहपछि भल्व प्रत्यारोपण गर्न हामी सफल भयौँ ।” बिरामीको मुटुमा २३ एमएमको भल्व राखिएको छ । बिरामीलाई २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका भल्व राख्ने गरिन्छ ।

    उनले नेपालमा नै उक्त भल्वको सफल प्रत्यरोपण गरेपछि अब भल्व परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महङ्गो खर्च गरेर जान नपर्ने बताए। केन्द्रका निर्देशक डा अधिकारीका नेतृत्वमा रहेको २२ जनाको चिकित्सकसहित टोली सफल भल्वको प्रत्यारोपण गरेको हो । कृत्रिम भल्व नेदरल्याण्डमबाट खरिद गरी ल्याइएको हो ।“भल्व प्रत्यारोपण सफल गराउनु ठूलो चुनौति थियो । मैले यसभन्दा अघि पनि नेपालमा पहिलो पटक हुने ठूलाठूला शल्यक्रिया गरेका थिए”, उनले भने, “भल्व प्रत्यारोपण गर्नका लागि म आफँै एक दुई दिनदेखि कसरी सफल गराउन भन्नेमा थिएँ । प्रत्यारोपण सफल भयो । म खुशी छु ।”

    Advertisement

    Post Views: 10
       
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    २१ फाल्गुन २०७८, शनिबार १०:५७ प्रकाशित
    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने
    नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो
    आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
    यो पनि हेर्नुहोस
    अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी
    दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार
    आफू र घरलाई चट्याङ्बाट कसरी बचाउने ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. डोल्पामा जेठ ११ गतेदेखि यार्सा सङ्कलन खुला गरिने

    • २. नेपाली बजारमा सुनको मूल्य फेरी बढ्यो

    • ३. आज भलिबल दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

    • ४. अब ६५ वर्षमै वृद्धभत्ता दिने तयारी

    • ५. दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

    धेरै पढिएको
    • १. वीरेन्द्रनगरमा कांग्रेसलाई पछि पार्दै एमालेको अग्रता

    • २. वीरेन्द्रनगरमा काँग्रेसलाई पछाडी पार्दै एमालेको अग्रता

    • ३. सुर्खेतको पञ्चपुरीमा वडा अध्यक्षका उम्मेदवारको मत बराबर भएपछि…

    • ४. चुनावमा पराजित भएपनि मन हारेको छैन : शर्मा

    • ५. सुर्खेतमा कांग्रेस र माओवादीबीच गठबन्धन

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स सनम शर्मा
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2022 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology