काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेले संसद चल्न नदिए प्रतिनिधिसभा विघटन हुनसक्ने चेतावनी दिएका छन् ।
कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसद अहिलेकै अवस्थामा चल्न नसक्ने बताएका हुन् ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै गर्नुपर्ने भन्दै थापाले कांग्रेसले चुनाव जित्ने आधार तय भइसकेको दाबी पनि गरेका छन् ।
कम्युनिस्टले भत्काएको लोकतन्त्र र संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको हातमा आएको उनले बताएका छन् । कम्युनिस्टहरू असफल भएकै कारण कांग्रेसको हातमा सत्ता आएको उनको बताभनाइ छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।