सुर्खेत- सुर्खेतको बीरेन्द्रनगरमा जारी अन्तरपालिका भलिबल प्रतियोगितामा चिङगाड गाउँपालिका फाईनल प्रवेश गरेको छ।आज भएको सेमिफाइनलमा पञ्चपुरीलाई २(१ को सेटले हराउदै चिङगाड जित नजिक पुगेको छ।पहिलो सेटमा २९(२७ ले जितेको पञ्चपुरी पछिल्ला दुबै सेटमा आफुलाई सम्हान नसक्दाँ नतिजा गुमाउन पुग्यो।पहिलो सेट गुमाएको चिङगाडले खेललाई लयमा फर्काउदै पछिल्ला दुइवटा सेट २५(१९, २५(२० ले जित दर्ता गर्यो। पञ्चपुरी दुईखेल जित्दै सेमिफार्इनलमा स्थान बनाएको हो भने चिङगाडले एकमा जित र एकमा हार भोगेको हो।
यस्तै आजै भएको अर्को खेलमा सिम्ता गाँउपालिका र लेकबेशी नगरपालिका सेमिफाईनलमा प्रवेश गरेका छन।सिम्ता चिङगालाई हराउदै अन्तिम चारमा पुगेको हो भने लेकबेशी पञ्चपुरीसंग पराजित भएर पुनःएक मौका पाएको हो।अव भोली विहान ८ बजे समुह ए को विजेता सिम्ता र बीको उपबिजेता लेकबेशी फार्इनल प्रवेशको लागी आमुनेसामुने हुदैछन।यी दुर्इटोलीको विजेताले उपाधीको लागी चिङगाड गाँउपालिकाको सामना गर्ने छन।
भोली नै फाईनल खेल हुने आयोजकले जनाएको छ।जारी प्रतियोगितमा सिम्ता लगातार जितहात पार्ने एकमात्र टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो। वीरेन्द्रनगर युवा क्लबको आयोजनाम भएको प्रतियोगितामा सुर्खेतका नौ वटै पालिकाको सहभागीता रहेको थियो।अन्य पाँच पालिकाका भने समुहचरण बाटै बाहिएका छन।प्रतियोगिताको विजेताले एकलाख हात पार्ने छ भने उपविजेताले पचाँस हजार र तेस्रो हुनेले पच्चिस हजार प्राप्त गर्ने छन।