सुर्खेत- गौमाताको संरक्षण र संबर्धनका लागि आम जनमानसमा चेतना फैलाउँने निस्वार्थ र पवित्र उद्देश्यका साथ महाकालीको हरिहरघाटदेखि दुई जना आध्यात्मिक व्यक्तित्वहरूले पैदल यात्रा शुरु गरेका छन् ।
नेपाली लोक संस्कृतीकर्मी तथा कुशल सञ्चारकर्मी शेर बहादुर आचार्य ‘गाइने’ र आध्यात्मिक अभियन्ता प्रेम प्रकाश आत्रेयले फागुन २४ गते देखि महाकाली नदीबाट ३० दिनेको पैदल यात्राको सुरु गरेका छन् ।
भगवान् शिव स्वयम् गोरखनाथको अवतार लिएर गाईको संरक्षण गरेको कुरा उल्लेख गर्दै विज्ञप्तिमा लेखिएको छ, “भगवान नारायण श्रीकृष्णको अवतार लिएर गोठालोको रुपमा जीवन यापन गरेको प्रसङ्ग पुराणहरुमा उल्लेख भएको पाइन्छ भनी हाल विश्वमा देखिएको प्राकृतिक प्रकोपको रहस्यको पछाडि गौहत्या रहेको भारतका प्रख्यात वैज्ञानिक मदन मोहन बजाजले आफ्नो एक अध्ययनमा उल्लेख गरेकाले गौमाताको संरक्षण गर्नुपर्ने आजको आवश्यकता भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै सन्दर्भलाई लिएर ३० दिनको पैदल यात्रामा महाकाली नदी तीरमा रहेको पवित्र स्थल हरिहर घाटदेखि पैदल यात्रा प्रारम्भ गरेको पदयात्री शेर बहादुर आचार्य ‘गाइने’ ले जानकारी दिएका छन् ।