काठमाडौं- नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समितिले चन्डिकाप्रसाद भट्ट, जिवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाम सिफारिस गरेको हो । सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद् बैठकले निगमको नेतृत्व सुम्पिने छ ।
निगमको कार्यकारी पदको आवेदन खुलाएपछि १७ जनाले आवेदन दिएका थिए । ती मध्येबाट ३ जना सिफारिस भएका हुन् । यसअघिका निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि निगम नेतृत्वविहीन बनिरहेको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।