सुर्खेत- सुर्खेत भेरी नदीमा नुहाउने क्रममा हिजो देखि बेपत्ता भएका तीन जना बालबालिकाको अवस्था अझै पत्ता लागेको छैन । नदीमा बालबालिका हराएदेखि नै खोजी भइरहेको तर अहिलेसम्म नभेटिएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ ।
उनीहरु हिजो बेलुका ५ बजेतिर भेरीगङ्गा नगरपालिका वडा नम्बर ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा दुई जना बालिका र एक जना बालक बेपत्ता भएका थिए ।
बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ का १२ वर्षकी गङ्गा खड्का, १२ वर्षकी कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका ५ का ८ वर्षका दिनेश बुढा रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।