काठमाडौं- यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द गर्ने भएको छ । हालसम्म परेका अनलाइन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले भोलिदेखि अनलाइन आवेदन बन्द गर्न लागेको विभागले बताएको छ ।
विभागले अर्को सूचना जारी नभएसम्मका लागि आवेदन प्रक्रिया बन्द भएको जानकारी दिएको हो । यसका लागि विभागले क्षमासमेत मागेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।