एजेन्सी- युक्रेनको राजधानी किएभमा ३५ घन्टा लामो कर्फ्यु लगाइएको छ ।
किएभका मेयर भिटाली क्लित्स्कोले मंगलवारदेखि बिहीवार बिहानसम्म ३५ घन्टाका लागि कर्फ्यु लगाइने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
रुस र युक्रेनबीचको युद्ध २० औं दिनमा प्रवेश गरिसकेको छ ।
मंगलवार बिहानैदेखि युक्रेनका आवासीय भवनहरूमा रुसको हवाई हमला भएको थियो । सो हमलामा परी ४ जनाको मृत्यु भएको समेत मेयर भिटाली क्लित्स्कोले बताएका छन् ।
कफ्र्युका समयमा घरमै बस्न तथा बमबारीबाट जोगिनका लागि बनाइएका आश्रयस्थलमा बस्न मेयर भिटाली क्लित्स्कोले आह्वान गरेका छन् ।
यता संयुक्त अधिराज्यले थप ३७० रुसी नागरिक र संस्थालाई प्रतिबन्धको घोषणा गरेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।