सुर्खेत वीरेन्द्रनगर युवा क्लबले आज(बिहिबार ) जिल्ला कारागार सुर्खेतमा रहेका कैदिबन्दि लाई होलि का सामाग्री वितरण गरेको छ ।
वीरेन्द्रनगरमा आज (बिहिबार ) होलिको अवसर पारेर एक कार्यक्रमका विच कारगारका लाइ होलिका सामाग्री हस्तान्तरण गरिएको क्लबका संस्थापक अध्यक्ष दिनेश ढकालले राष्ट्रिय संचारलाई जानकारि दिएका छन् ।
उनका अनुसार केहि दिन अगाडी सम्पन्न अन्तर पालिका स्थरिय भलिबल प्रतियोगिता को अवसर पारेर खेल सामग्री वितरण गरिएको र आगामी दिनमा पनि क्लबले अन्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् ।कार्यक्रममा नि-वर्तमान अध्यक्ष निराजन ढकालकाे पनि सहभागिता थियाे ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।