सुर्खेत फागु पूर्णिमा अर्थात् (होलि ) को अवसरमा राष्ट्रिय संचार टिमले शुभकामना आदानप्रदान गरि मनाएको छ आफ्नो वर्ष दिनको स्थापना दिवस को अवसर पारि आज वार्षिकोत्सब मनाएको हो ।
वीरेन्द्रनगर ६ सुर्खेतमा रहेको कार्यालयमा राष्ट्रिय संचारले आफ्नो स्थापना दिवस मनाएको छ ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संयोजक योगेश नारायण चपाँईले आगामी दिनमा पनि सत्य तथ्य र खोज मुलक समचार सम्प्रेषण गर्ने प्रतिवदता समेत गर्नु भएको छ । साथै उहाले राष्ट्रिय संचारले समाजमा रहेका विकृति विसंगति र कुसंस्कार लाई जस्ताको त्यस्तो सम्प्रेषण गर्ने प्रतिबद्धताका साथ स्थापना गरिएको र यो एक वर्ष सम्म आइ पुग्दा निकै राम्रो काम गरेको समेत बताउनु भयो ।
यस्तै कार्यक्रममा बोल्दै समाजसेवि तथा युवा व्यावसायी धर्मराज लामिछानेले मिडिया भनेको ऐना हो यस्ले कसैलाई काँख र कसैलाई पाखा नगर्नमा जोड दिनु भयो ।
यस्तै शुभकामना आदानप्रदान कार्यक्रममा सम्पादक कृष्ण राना, सह सम्पादक पूर्ण खड्का रिपोर्टर्स समन शर्मा धन बहादुर कार्की र प्रबिन गुरुङ को उपस्थित रहेको थियो ।