बर्दिया – ब्राउन सुगरसहित दुई भारतीय र एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया बढैयाताल गाउँपालिका–८ कण्ठपुरस्थित नेपाल–भारत सीमा नाकामा ६८ ग्राम ९ सय ३० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ परेका हुन् । शुक्रबार प्रहरीले उक्त घटना सार्वजनिक गरेको छ ।
बिहीबार गोप्य सूचनाको आधारमा ब्राउन सुगरको कारोबार भइरहेको अवस्थामा खानतलासी गर्दा भारत बहराइच जिल्ला थाना मोतीपुर ग्राम बरथनवा गाउँ शिवरात्रीपुरका २५ वर्षीया सबिना साई, सोही ठाउँ बस्ने २६ वर्षीय सद्दाम साई र काठमाडौं महानगरपालिका–७ का ४७ वर्षीय सुमन केसीलाई पक्राउ गरेको प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीले बताए ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।