सुर्खेत- नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्बरबहादर विष्टसहित अन्य नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आज एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
एमाले प्रवेश गर्ने भएपछि नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मर विष्टलाई निष्कासन गरेको थियो।
प्रमुख सचेतक रहेकै समयमा उनले फागुन २७ गते पार्टीबाटै राजीनामा दिएको घोषणा गरेका थिए ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।