अछाम- अछामको मेल्लेख गाउँपालिकामा हँसिया प्रहारबाट एक गर्भवती महिला घाइते भएकी छ्न् । मेल्लेख गाउँपालिका(३ दर्बाकी ३५ वर्षीया गर्भवती रंगिदेवी बुढालाई स्थानीय अमृतादेवी बुढाले हँसिया प्रहार गरेकी हुन् ।
आफ्नो बारीमा भैँसीले घास खाएको विषयलाई लिएर विवाद हुँदा अमृताले हँसिया प्रहार गरेको बताइएको छ । हँसिया प्रहारबाट रंगदेवीको नाक, मुख र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
घाइतेको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ । अमृतालाइ भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।