काठमाडौं- सुनको भाउ सोमबार तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको हो ।
यसअघि,आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ । चाँदीको भाउ भने स्थिर छ ।
आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।