काठमाडौं- चिनियाँ विदेशमन्त्री तथा राज्यपरिषद्का सदस्य वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमणमा छन् । उनि अस्ति अपरान्ह भारतको राजधानी नयाँ दिल्ली हुँदै विशेष विमानमा काठमाडौं आएका थिए । डेढ दर्जनबढी सदस्य रहेको प्रतिनिधिमण्डलले हिजो दिउँसोबाट औपचारिक भेटवार्ता थालेको थियो ।
आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता भएको थियो ।
आज दिउँसो स्वदेश फर्कने चिनियाँ विदेशमन्त्री वाङ यीको आज सम्म नेपालमा गरेको भेटवार्ताको झलक केही तस्बिरमा देखाइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।