काठमाडौं-नेपाल र केन्याबीचको तेस्रो एकदिवसीय खेल आज हुँदैछ । नेपालले केन्याविरुद्ध बलिङ गर्दैछ ।नैरोवीस्थित जिमखाना मैदानमा केन्याले टस जितेपछि नेपालले बलिङ गर्ने निम्तो पाएको हो ।
पहिलो दुई एकदिवसीय खेल जितेर शृंखला आफ्नो पक्षमा पारिसकेको नेपालले आजको खेल जितेर एकदिवसीय श्रृखंला ३ ० ले आफ्नो पक्षमा पार्ने योजनामा छ ।नेपाली टिम ब्यवस्थापनले एक खेलाडी परिवर्तन गरेको छ ।
तीव्र बलर करण केसीको स्थानमा किशोर महतोलाई टिममा राखिएको छ । नेपालले पहिलो एक दिवसीयमा ७ विकेट र दोस्रोमा १७ रनको जित निकालेको थियो ।
सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग खेल्न गएपछि नेपाली क्रिकेट टोलिको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।