एजेन्सी- भारतको उत्तर प्रदेशको राजधानी लखनउको हजरतगञ्ज क्षेत्रमा रहेको लेभाना होटलमा सोमवार आगलागी हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
होटलमा धेरै मानिस फसेको हुन सक्ने आशङ्का गरिएको छ । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार जारी रहेको छ ।
यसैबीच, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले तदारूकताका साथ उद्धारमा लाग्न तथा घाइतेहरूलाई प्राथमिकताका साथ उपचार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रशासनका अधिकारीहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूलाई घटनास्थलमा पुगेका तथा त्यहाँ राहत एवम् उद्धारका काममा समन्वय गरिरहेका मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।