सुर्खेत । कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जुम्लामा जम्बो उम्मेदवारहको नाम सिफारिस गरिएको छ ।
कालिकोटमा प्रदेश सभा र प्रतिनिधि सभामा गरी ५० जनाको नाम सिफारिस गरिएको छ । कालिकोटमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको सिट रहेको छ ।
त्यस्तै, जुम्लामा ५३ जनाको नाम सिफारिस गरिएको छ । जुम्लामा पनि एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको छ ।
सबैभन्दा बढी जनसंख्या रहेको सुर्खेतमा कांग्रेसले १२० जना उम्मेदवारको नाम सिफारिस गरिएको छ ।
सुर्खेतमा प्रतिनिधि सभामा दुई र प्रदेशसभा चार सिट छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।