• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

देशभर साक्षरता ७८ प्रतिशत हुँदा मदेश प्रदेशमा भने शुन्य

  •  राष्टिय संचार
  • २१ भाद्र २०७९, मंगलवार ०८:११ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    काठमाडौं- सरकारले साक्षरता अभियान शुरू गरेको १४ वर्षपछि अहिले देशभर ७८ प्रतिशत जनसंख्या साक्षर भएका छन् । अन्तर्राष्ट्रिय साक्षरता दिवसको पूर्वसन्ध्यामा सरकारले सार्वजनिक गरेको तथ्यांकमा साक्षर प्रतिशत ७८ पुगेको उल्लेख छ ।

     

    Advertisement

    तथ्यांकअनुसार ६ वर्षमाथिका ७८, १५–२४ वर्ष उमेर समूहका ९२, १५ वर्षमाथि ५८ र १५–६० वर्ष उमेर समूहका ८५ प्रतिशत गरी समग्रमा ७८ प्रतिशत साक्षर भएका छन् । साक्षर हुनेमा सबैभन्दा बढी ९२ प्रतिशत १५ देखि २४ वर्ष उमेर समूहका छन् ।

     

    तथ्यांकअनुसार ६१ जिल्ला साक्षर घोषणा हुँदा मधेस प्रदेश साक्षरताको अवस्था भने शून्य छ । स्थानीय तहले जाँगर नदेखाउँदा तराईका ८ जिल्ला साक्षर हुन सकेको छैन ।हालसम्म वागमती र गण्डकी प्रदेशका सबै जिल्ला र स्थानीय तह पूर्ण साक्षर भएका छन् । तराईका ८ र अन्य ८ गरी १६ जिल्ला पूर्ण साक्षर हुन बाँकी छ । मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा साक्षर हुन सकेको छैन ।

    त्यसै गरी लुम्बिनीको कपिलवस्तु, कर्णालीका मुगु, जुम्ला, हुम्ला, कालीकोट र डोल्पा, सुदूरपश्चिमको कञ्चनपुर र डोटी पनि साक्षर हुन बाँकी रहेका जिल्ला हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले मधेस प्रदेशका सबै जिल्ला र स्थानीय तह, लुम्बिनी प्रदेशको कपिलवस्तुको १० मध्ये ६, कर्णालीको मुगु र जुम्लाको सबै, कालीकोटको ९ मध्ये १, हुम्लाको ७ मध्ये १ र डोल्पाको ८ मध्ये २ स्थानीय तह साक्षर घोषणा भएका छन् ।

    Advertisement

    त्यस्तै, सुदूरपश्चिममा कञ्चनपुरको सबै र डोटीको ९ मध्ये २ स्थानीय तह साक्षर घोषणा भएका छन् । तीमध्ये यो वर्षको साउनमा बझाङ, सोलुखुम्बु, कैलाली, बाजुरा र बाँके साक्षर जिल्ला घोषणा भएका छन् । सरकारले सन् २०१५ सम्ममा नेपाललाई पूर्ण साक्षर घोषणा गर्न अन्तर्राष्ट्रिय रूपमा लिखित प्रतिबद्धता व्यक्त गरेको थियो ।

    तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईको सरकारको पालामा १४ वर्षअघि २०६५ सालमा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मूलन गर्ने घोषणा गरिएको थियो । सरकारले हरेक वर्ष निरक्षर उन्मूलन गर्न बजेट व्यवस्था गर्ने गरेको छ । साक्षरता अभियान शुरू भएयता हालसम्म करिब ९ अर्ब रुपियाँ खर्च भइसकेको छ ।

    सरकारले यो वर्ष साक्षरताको १२ सूचकलाई समावेश गरी विद्यार्थी परिचालन गरी साक्षर बनाउने कार्यक्रम घोषणा गर्ने भएको छ । केन्द्रले साक्षर हुन बाँकी जिल्ला र स्थानीय तहमा सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

    केन्द्रका प्रवक्ता एवं उपमहानिर्देशक लुइँटेलले स्थानीय तहले चासो नदेखाएसम्म साक्षरता घोषणा गर्न नसकिने बताए । केन्द्रका महानिर्देशक चूडामणि पौडेलले चालु आबमा सबै जिल्लालाई साक्षर गर्ने गरी केन्द्रले तयारी थालेको जानकारी दिए ।

    सरकारले साक्षर नेपालपछिको परिकल्पनासहित सञ्चालन गरिरहेको अभियानमा १५ वर्ष माथिका सबै नेपाली नागरिक साक्षर हुने, सामाजिक, राजनीतिक, आर्थिक तथा सांकृतिक रूपमा सचेत हुने परिकल्पना गरिएको छ भने अभियानअन्तर्गत उनीहरूले निरन्तर शिक्षाका साथै विभिन्न सीपमूलक तालिममा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रको अगुवाइमा यही भदौ २३ अर्थात् सेप्टेम्बर ८ तारिखमा राष्ट्रिय कार्यक्रम आयोजना गरेर ५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ ।

    Advertisement

    Post Views: 1,319
    २१ भाद्र २०७९, मंगलवार ०८:११ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology