काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेको छ ।
सुन आज तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ ।
हिजो सुन तोलामा ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँले बढेर तोलामा १ हजार १ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।