सुर्खेत–हलिया मुक्तिको घोषणा भएको १४ वर्ष पुरा भएकाे छ।
हलिया मुक्तिको घोषणाको १४ वर्ष पुग्दा पनि कर्णाली र सुदूरपश्चिममा प्रमाणीकरणमा परेका मध्ये २० प्रतिशत मुक्त हलिया परिवारको पुनःस्थापना हुन सकेको छैन ।
कर्णाली प्रदेशका तीन र सुदूरपश्चिम प्रदेशका नौ गरी १२ जिल्लामा प्रमाणीकरणमा परेका मुक्त हलिया १६ हजार ९ सय ५३ रहेका छन्।
यी मध्ये अहिलेसम्म १३ हजार ५ सय ४६ घरघुरीले पुनःस्थापन प्याकेज प्राप्त गरेपनि ३ हजार ४ सय ७ परिवार अझै पुनःस्थापनको पर्खाइमा रहेकाछन्।
राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका अध्यक्ष ईश्वर सुनारले नौ प्रतिशत मुक्त हलियाले पुनःस्थापनाकालागि अन्तिम किस्ता रकम पाउन बाकि रहेकाव बताए।
जीविका चलाउने विकल्प नहुँदा थुप्रै मुक्त हलियाहरू पुरानै काममा फर्कन बाध्य भएको उनले बताए।
२०६५ साल भएको पाँच बुँदे सहमति अनुसार हलिया प्रथाको अन्त्यको घोषणा भएको दिनको सम्झनामा हरेक वर्ष भदौ २१ गते हलिया मुक्ति दिवस मनाउने गरिन्छ।
सरकारले समय काम गर्न नसक्दा पुनःस्थापनको पर्खाइमा रहेका मुक्त हलियाको बसोबासको उचित व्यवस्थापन हुन सकेको छैन।
सुनारले तत्कालीन समयमा लगतमा नाम छुटेका मुक्त हलियाको पहिचान हुन नसकेको पनि बताए।