काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् ।
बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल गर्नुपर्ने बताएका हुन् ।
नेता कोइरालाले गठबन्धनभित्र सहमति हुन अझै बाँकी रहेकाले प्रतिनिधिसभाको सिट बाँडफाँट भइसकेपछि प्रदेशसभाको सिट बाँडफाँटमा कुराकानी हुने बताए ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।