काठमाडौं- नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जबरजस्ती करणी आरोप लागेपछि नेपाल क्रिकेट संघ ‘क्यान’लाई सहयोग गर्न अपिल गरेका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज ‘जमैका’मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्न सहयोग मागेका हुन् ।
१७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी मंगलबार गौशाला प्रहरी वृत्तमा दर्ता गरेकी थिइन्।
सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यानले पनि विभिन्न व्यक्ति र संस्थासँग परामर्श लिइरहेको छ ।
प्रहरीले पनि यस विषयमा छानबिन गरिरहेकोले त्यसको टुंगो नलागुन्जेल क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन नलिई छानबिनमा सहयोग गर्ने बताइएको छ ।
यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।