काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा विश्वप्रकाश शर्मा लाइ मनोनयन गरेको छ ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ घोषणापत्र तयारी समितिको संयोजकत्वमा पार्टीका महामन्त्री शर्मालाई मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले यसअघि स्थानीय तह निर्वाचनको घोषणापत्र तयारी समितिको संयोजकमा पार्टीका अर्का महामन्त्री गगनकुमार थापालाई जिम्मेवारी दिएको थियो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।