काठमाडौं- नेपाली बजारमा सुनको मूल्य आज तोलामा ८ सय रुपैयाँले बढेको छ ।
हिजो तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९३ हजार ८ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले बताएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि आज बढेको छ । तोलामा २५ रुपैयाँले बढेर चाँदी आज १ हजार १ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।