सुर्खेत- नेपाल प्रेस यूनियनले आज आयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यीय संजय गौतमले गठबनधनलाई सार्थक बनाउन नेपाली काँग्रेसको नेतृत्वमा सरकार निर्माण गर्न गठबन्धनलाई मजबुत बनाउनु पर्ने विकल्प नभएको बताएका छन् ।
काँग्रेस सुर्खेतको विवादलाइ सहज बनाउन कार्यभार बोकेर सुर्खेत आएका गौतमले स्थानीय तहको निर्वाचनमा भएका कमीकमजोरीलाई सुधार गर्दैअघि बढनुपर्ने बताएका छन् ।
विगतमा के-कस्ता कम्जोरी भए आ–आफ्नो समीक्षा गरेर निर्वाचनमा काँग्रेसलाइ एक ढिक्का बनाएर जान आवश्यक रहेको बताए ।’
उनले भने सुर्खेतका दुई शीर्ष नेतालाई एउटै मञ्चमा बसालेर, एकै घरमा बसाउने गरि हामी अघि बढेका छौं । त्यसकालागि कार्यकर्ताले समेत नेताहरुलाई दवाव दिन आवश्यक रहेको बताएका छन् ।’
उनले कर्णालीको विकासमा यी दुई नेता एक भएनन् भने भोलि कांग्रेसलाइ ठुलो क्षेति हुन् सक्ने बताए । अब बर्दिया जिल्लालाई पनि कर्णाली प्रदेशमा समेट्न जरुरी रहेको समेत बताए ।
यस्तै नेपाली काँग्रेस सुर्खेतमा निवर्तमान सभापति कमलराज रेग्मीले नेतृत्व तहमा रहेका जिम्मेवार नेताहरुले कार्यकर्तालाई सम्हालेर लैजानुपर्नेमा तेती चाख नदेखिएको गुनासो गरेका छन् ।
हिजोका दिनमा कांग्रेस एक भएको थियो कारण कांग्रेसले सुर्खेको निर्वाचनमा राम्रै परिणाम ल्याएको थियो । तेसैले फेरी पनि सुर्खेतलाई कांग्रेसमय बनाउनको लागि नेतृत्वतह समाली रहेका साथीले बुझ्न जरुरि रहेको बताएका छन् ।
नेपाली काँग्रेसका जिल्ला सचिव देवकुमार सुवेदीले स्थानीय तहमा भएका कमीकमजोरीलाई स्वीकार्दै ती कमजोरीलाई सच्याउँदै अघि बढनुको विकल्प नभएको बताए ।त्यसका लागि आफूले आफैंबाट सुधार अभियान सुरु गरेको उनको भनाइ रहेको थियो ।