सुर्खेत-कर्णाली प्रदेशमा पछिल्लो समय आत्महत्याका घटनाहरु बढ्दै गएको पाइएको छ।
पछिल्लो तिन बर्षमा मात्रै कर्णालीका दश जिल्लामा ९ सय १ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङक छ।
प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले लागुऔषध, हिसाँ लगायतका घटनाले आत्महत्या हुने गरेको जनाएको छ।
कर्णालीमा गरिबी र बेरोजगारीलगायतका समस्याका कारण पनि आत्महत्या बढ्दै गएको प्रहरीकै अनुसन्धानबाट खुलेको छ।
गरिबी, प्रेममा धोका, असफलता, आर्थिक लेनदेन, व्यावसायिक तनावका कारण पनि आत्महत्या हुने गरेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्नेमा महिलाको तुलनमा पुरुष धेरै रहेको प्रहरीको तथ्याङकले देखाएको छ । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा २५० जनाको आत्महत्याका कारण ज्यान गएको थियो भने २०७७/७८ मा ३६२ जनाले आत्महत्या गरेका थिए।
यस्तै आर्थिक बर्षमा २८९ जनाले आत्महत्या गरेकाछन् ।
आत्महत्या गर्नेहरुमा तिन बर्षको अवधिमा पुरुष ४ सय ६८ जना ,महिला ३ सय १७ जना तथा बालक ४२ जना र बालिका ७४ जना रहेको प्रहरीले जनाएको छ ।
पारिवारिक कलह ,मानसिक रोग तथा दीर्घरोगका कारण आत्महत्या गर्ने गरेको चिकित्सकहरुले बताएकाछन् ।
आत्महत्याका घटना न्युनिकरणको लागि सरकारले बर्षेनी विभिन्न खालका सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको भएपनि घटनामा भने कमी आउन सकेको छैन ।