एजेन्सी- पपुवा न्यु गिनीमा आज बिहान ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
भूकम्प बिहान केनान्तु सहर नजिकै गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभाग (यूएसजीएस) ले जनाएको छ ।
प्रशान्त टापुको देश पपुवा न्युगिनीमा ठूलो भूकम्प गए पनि सुनामीको खतरा भने नरहेको उल्लेख छ ।
केही भागहरूमा विद्युत् कटौती र भवनहरूमा क्षति पुगेको भनिए पनि पूर्ण विवरण आउन बाँकी छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।