• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

दार्चुलामा पहिरोले ९१ परिवार प्रभावित

  •  राष्ट्रिय संञ्चार
  • २७ भाद्र २०७९, सोमबार ११:०४ प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

     दार्चुला- बाढी र पहिरोबाट दार्चुलाका महाकाली र नौगाडका ९१ परिवार प्रभावित बनेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार ४२ घरमा पूर्ण र नौ घरमा आंशिक क्षति पुगेको छ।

     

    Advertisement

    ४० घर जोखिममा परेका छन्। महाकाली नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ को बंगाबगडसम्मका घरमा बाढीले क्षति पुर्‍याएको छ।

     

    बाढीपहिरोमा परेका पाँच जनाको शव भेटिएको थियो। १० जना बेपत्ता छन्। पहिरोमा ८ जना घाइते भएका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। पाँच जनाको उपचार भइरहेको छ। ३ जना डिस्चार्ज भएका छन्। नेपाली सेना, नेपाल प्रहरी, नेपाल रेडक्रस र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी सुरु गरिसकेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

     

    Advertisement

    पीडितको उद्धारमा सहयोग गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्प्रसाद बडूसमेत लास्कु खोलामा ढुंगा बोक्ने र तार जाली हाल्ने काममा खटिएका छन्। उनी शनिबार नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला आएका थिए।

    बस्ती जोगाउन तत्काल ढुंगा र जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उद्योगमन्त्री बडूले बताए। भने, ‘अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गरौँ। बजार क्षति भयो भने फेरि दर्जनौँ घर, पसलमा क्षति हुने देखिन्छ।’

     

    सेनाकै हेलिकोप्टरले दुवै स्थानीय तहका बाढी र पहिरो प्रभावितका लागि राहत सामग्री ढुवानी गरेको छ। स्थानीय सरकार र नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा राहत वितरण गरिएको छ।

     

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावल र वनमन्त्री मानबहादुर धामी दार्चुला आएका छन्।

     

    उनीहरूले त्रिपाल, खाद्यान्न र कम्बलजस्ता राहत सामग्री ल्याएर बितरण गरेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बिहान बसेको बैठकले राहत वितरण गर्ने निर्णय गरेको थियो।

     

    महाकाली नदी र लास्कु खोलाको बाढीले जिल्ला सदरमुकाम खलंगा हुँदै दुहुँ–व्याँस जोड्ने सडक अवरुद्ध भएको छ। दार्चुला–तिंकर सडकअन्तर्गत रिंगलतालदेखि कलौनभिरसम्म सडक अवरुद्ध भएको हो।

     

    दुहुँ गाउँपालिका र महाकाली नगरपालिका जोड्ने यो सडक बगाएपछि उक्त क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ। लास्कु खोलामाथिको मोटरेबल र झोलुङे पुल नै बगाएको छ। महाकाली– ४ बंगाबगड हुँदै वडा नम्बर १ छापरी जाने पुल पनि बगाएको छ।यो संचार  अन्‍नपूर्ण अनलाइनमा छ ।

    Advertisement

    Post Views: 1,308
    २७ भाद्र २०७९, सोमबार ११:०४ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology