काठमाडौं- सत्याग्रही चिकित्सक गोविन्द केसीले आजदेखि अनशन बस्ने भएका छन् ।
माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनी अनशन बस्न धनगढी हिँडेका हुन् ।
उनले आज (सोमबार) बेलुकीदेखि अनशन थाल्ने जानकारी सहयोगी समूहले दिएको छ ।
उनले सरकारी स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय हुनुपर्ने, जलवायु परिवर्तनले पारेका असरबारे समयमै सचेत रहनुपर्नेलगायत माग राखेका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।