सुर्खेत-डिभिजन बन कार्यालय सुर्खेतको हिरासतमा हत्या गरिएको भनिएको ५८ बर्षिया धनिराम लामिछाने प्रकरण पुनः बल्झिएको छ।
आरोपित चारजना कर्मचारी हाजिर जमानीमा छुटेपछि आफ्नतहरु आन्दोलित भएका छन। पिडितहरुले आरोपित कर्मचारीलाइ राम्रोसंग अनुसन्धान नै नगरी सरकारी वकिल र कर्मचारीको मिलेमतोमा छाडिदिएको भन्दै आफन्तहरु थप आक्रोशित बनेका छन्।
उनिहरुले जिल्ला प्रशासन, डिभिजन वन तथा जिल्ला प्रशासन र जिल्ला सरकारी कार्यालयमा धर्ना समेत दिएका छन।
आन्दोलनमा उत्रिएका आफन्तहरुले सम्झौता अनुसारको २५ लाख रकम राहत पाउनका लागि बयान बदल्नु पर्ने दबाब आएको भन्दै आन्दोलनमा उत्रिएका बताएका छन। वीरेन्द्रनगर नगरपालिका–१३ को भुतचोकमा अवैध काठ कटानी भएको र त्यसमा लामिछानेको संलग्नता भएको दाबीसहित नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइरहेका बेला लामिछानेको मृत्यु भएको थियो।
भदौ २ गते डिभिजन वन कार्यालय, सुर्खेतको वन अपराधको अनुसन्धानका क्रममा थुनुवा कक्षमा रहेका बेला लामिछानेको मृत्यु भएपछि वन कार्यालयका चार जना कर्मचारीलाई नियन्त्रणमा लिइएको थियो।
कर्मचारीहरुले प्रकाउ पुर्जी विनै घर खानतलासी गर्नुको साथै लामिछानेका दम्पतीलाइ नै प्रकाउ गरेका हुन।
लामिछानेले आत्महत्या गरेको वन कर्मचारीहरुको दाबी छ भने आफन्तहरुले भने कार्यालयका कर्मचारीको कुटपिटबाट मृत्यु भएको बताएका छन।
भदौ ३ गते सर्वदलिय बैठक बसेर पिडित परिवारलाइ २५ लाख रकम उपलब्ध गराउने, २ जना छोरीलाइ उनिहरुको योग्यता अनुसार बन मन्त्रालयमा जागिरको ब्यवस्था गर्ने, छोरालाइ उच्च शिक्षा सम्म निशुल्क पढाउने र दोषीलाइ कानुन बमोजिम कारवाही गर्ने सहमती भएअनुसार आफन्तहरुले शब बुझेका थिए।
तर सम्झौता विपरित आरोपितहरुलाइ छोडेको भन्दै आफुहरु बाध्यभएर आन्दोलनमा उत्रिनु परेको स्थानिय हस्तराज अधिकारीले बताए।
यस्तै लामिछानेले सालको रुख कटान गरेको सुराकी गाउँकै व्यक्तिले सव–डिभिजन कार्यालयमा पुर्याएपछि वीरेन्द्ररनगर रेन्जरपोष्टका प्रमुख कृष्णराम धितालले फरेस्टर सन्तोस खत्री, वन रक्षक पियूसराज तिवारीको टोलीलाई घटनाको सत्यतथ्य बुझ्न पुगेको हो।
वनको टोली आएको थाहा पाएपछि चिरान काठ काटिरहेकाहरु भागेपछि कर्मचारीहरुले लामिछानेको श्रीमतीलाई वीरेन्द्रनगर ल्याएका हुन।
श्रीमतीलाई हिरासतमा राखेर खत्रीको टोली पुनः भुतचोक पुगेर लामिछानेलाई पक्राउ गरेको आफन्तको भनाइ छ।
‘फरेस्टर खत्रीको टोलीले गाउँदेखि नै कुटपिट गर्दै गाडीमा राखेर वीरेन्द्रनगर ल्याएको आफन्तको भनाइ छ।
कार्यालयमा ल्यार मरणासन्न हुनेगरी कुटेकै कारण लामिछानेको मृत्यु भएपछि झ्यालमा डोरी लगाएर कर्मचारीले नै झुण्डाइएका आफन्तको भनाइ छ।
परिवारले आरोपितलाइ अदालतमा मुद्धादर्ता गर्न भनेर सरकारी वकिलको कार्यालयमा गएको भएपनि कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्धा दर्ता गर्न नमानेको उनीहरुको भनाइ छ।
२५ दिनभन्दा धेरै हिरासदमा राख्न नमिल्ने कानुनी व्यवस्थाको कारण आरोपितहरु वन तथा पर्यटन मन्त्रालयका सचिव मोहनदेव जोसिको जम्मामा छोडिएको छ।
कर्मचारी जोगाउन प्रहरीले अनुसन्धान नै फितोलो गरेको मृतक लामिछानेका छोरा उत्तम लामिछानेको भनाइ रहेको छ।
उनले आफ्नो वुवकाको हत्यामा संगल्नलाइ मन्त्रालयका कर्मचारी तथा सरकारी वकिल कर्मचारीको मिलोमत्तमा छोडिएको आरोप लगाए।
उनीहरुले दोषीलाइ कानुनी कारवाहीको दायरामा नल्याए थप आन्दोलनका कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन।