काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भएको छ ।
संसद् भवनमा अध्यक्ष ओली लगायत एमाले नेताहरुसँग चान्सु नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटवार्तामा एमाले नेता सुवासचन्द नेम्वाङ, विष्णु रिमाल लगायतका नेताहरु सहभागी थिए । भेटवार्तामा दुईपक्षीय हितका विविध विषयमा छलफल भएको जनाइएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।