दैलेख- जिल्लाको दुल्लु नगरपालिका- पानदेउका-४ मा खेत गोड्दै गर्दा चट्याङ लागेर पाँच जना घाइते भएका छन् ।
उनीहरु हिजो सोमबार चट्याङ लागेको थियो । चट्याङ लागेर पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते हुनेमा ४० वर्षीया तारा विक, ४३ वर्षीया सिद्ध विक, ४२ वर्षीया सरुपा विक, ४६ वर्षीया ईश्वरा विक र ४२ वर्षीया लक्ष्मी विक रहेका छन् ।
उनिहरुको दुल्लु अस्पतालमा उपचार भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।