काठमाडौं- आज देखि बैंकले दशैंका लागि नयाँ नोट साट्न पाइने भएको छ ।
नेपाल राष्ट्र बैंकले दशैंका लागि बुधबारबाट नयाँ नोट साट्न थालेको हो । बालुवाटारस्थित को कार्यालयबाट बुधबारदेखि नयाँ नोट साट्न थालिएको छ ।
एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन् । जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन् ।
राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तिय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।