• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

आज श्रीकृष्ण जन्माष्टमी

सोमबार सन्दीप पाकिस्तान जाने

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

वीरेन्द्रनगर नगरपालीका वडा न १६ को गडेली खोलामा बनेको पुलले पूर्णता कहीले पाउछ ?

नेपाल प्रेस युनियन सुर्खेतकोअध्यक्षमा विसी

आज नेपाली टोली भारत ‘ए’ विरुद्ध भिड्दै

चर्चित

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement
Advertisement

सुर्खेतमा चार्जिङ स्टेसन निर्माण गरिँदै

  •  पुनम वि.सी. (सुर्खेत)
  • २९ भाद्र २०७९, बुधबार १३:३२ प्रकाशित
    Advertisement
    सांकेतिक तस्बिर
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-  विद्युतीय सवारी चार्जका लागि सुर्खेतमा चार्जिङ स्टेसन निर्माण थालिएको छ ।

     

    Advertisement

    नेपाल विद्युत प्राधिकरणले वीरेन्द्रनगर नगरपालिकास्थित बसपार्क क्षेत्रमा चार्जिङ स्टेसन निर्माण सुरु गरेको हो । यो कर्णाली प्रदेशको पहिलो चार्जिङ स्टेसन हुनेछ ।

     

    नेपालभर ५१ स्थानमा चार्जिङ स्टेसन निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य छ । सोहीअनुसार सुर्खेतमा पनि दुई वटा चार्जिङ स्टेसन निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी भोलानाथ शर्माले जानकारी दिए ।

    शर्माका अनुसार एउटा चार्जिङ स्टेशनमा ठूला बससहित तीनवटा सवारी साधनले एक साथ चार्ज गर्न सकिन्छ । प्रत्येक चार्जिङ स्टेनमा १ सय ४२ किलोवाट क्षमताको चार्जर, त्यसमा विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर, अनलाइन बिलिङ प्रणालीको जडान गरिनेछ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०र६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जरसमेत राखिने शर्माले जनाए ।

    Advertisement

    विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजनाअन्तर्गत अहिले सबै प्रदेशमा चार्जिङ स्टेसन निर्माण कार्य भइरहेको शर्माले जानकारी दिए ।

    सबै प्रदेशका मुख्य राजमार्ग, बसपार्कलगायतका स्थानमा चार्जिङ स्टेसन निर्माण सुरु गरिएको छ । कारहरूमा औसत ७० पैसा, एसयूभीमा ८० पैसा, माइक्रोबसमा नब्बे पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा लागत बराबर प्रतिकिलोमिटर विद्युत खपत हुन्छ ।

    चार्जिङ स्टेसनमार्फत चार्ज गर्दा सवारी साधनमा रहेको ब्याट्री क्षमताअनुसार कम्तीमा आधा घण्टादेखि एक घण्टासम्ममा पूर्ण चार्ज हुने शर्माले जनाए । उनले भने, “आन्तरिक रुपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत् वातावरणमैत्री यातायात प्रणालीको विकासका चार्जिङ स्टेसन स्थापना गर्न लागिएको हो ।”

    चार्जिङ स्टेसनमा सफ्टवेयर राखिने र सबैको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारी साधनको चार्ज गरिसकेपछि ग्राहकले क्यूआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न जनाइएको छ ।

    यस्तै कर्णालीको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले प्रदेशमा चार्जिङ स्टेसन निर्माणका लागि सम्भाव्यता अध्ययन तयारी थालेको छ । सुर्खेत, दैलेख र सल्यानमा चार्जिङ स्टेसन निर्माणका लागि प्रदेश सरकारले बजेटसमेत विनियोजन गरेको हो ।

    मन्त्रालयको योजना महाशाखाका इन्जिनियर प्रेमबहादुर वलीका अनुसार चार्जिङ स्टेसनको सम्भाव्यता अध्ययनका लागि चालू आर्थिक वर्षमा पाँच लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

    त्यसबाट कर्णालीका कुन कुन स्थानमा चार्जिङ स्टेसन निर्माण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन हुनेछ । सम्भाव्यता अध्ययनको नतिजा अनुरुप चार्जिङ स्टेसन निर्माण गरिने प्रदेश सरकारको योजना छ ।

    कर्णालीमा वर्षेनी सवारी साधनको चाप बढिरहेको छ । यसले इन्धन खपत पनि बढाएको छ । विद्युतीय सवारीसाधनमा आकर्षण तथा पेट्रोलियम पदार्थको परनिर्भरता न्यूनीकरण गर्न चार्जिङ स्टेसन निर्माण कार्य महत्वपूर्ण हुनेछ ।

    Advertisement

    Post Views: 1,153
    २९ भाद्र २०७९, बुधबार १३:३२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पेट्रोलियम पदार्थको मुल्य बढ्यो
    संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन
    बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु
    यो पनि हेर्नुहोस
    आज श्रीकृष्ण जन्माष्टमी
    सोमबार सन्दीप पाकिस्तान जाने
    सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ३. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    • ४. आज श्रीकृष्ण जन्माष्टमी

    • ५. सोमबार सन्दीप पाकिस्तान जाने

    धेरै पढिएको
    • १. पेट्रोलियम पदार्थको मुल्य बढ्यो

    • २. आज श्रीकृष्ण जन्माष्टमी

    • ३. संविधान सभा अध्यक्ष सुवास नेम्बाङको निधन

    • ४. बाँकेमा ट्रकसँग बस ठोक्किँदा ७ जनाको मृत्यु

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology