काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाधारको क्षेत्रमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् ।
लगानी बोर्डले आयोजना गरेको दिगो पूर्वाधार लगानी फोरममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पूर्वाधारमा निजी क्षेत्र र वैदेशिक लगानी आवश्यक भएको बताए।
‘मुलुकमा पूर्वाधार विकास गर्न निजी क्षेत्रको लगानी महत्वपूर्ण रहने भन्दै वैदेशिक लगानी पनि आवश्यक भएकाले सबैलाई लगानी गर्न आग्रह गरे ।
नेपालमा सार्वजनिक निजी साझेदारी मोडलमा ठूलो लगानी गर्ने सकिने उनले बताए ।
दिगो विकासका लक्ष्य पूरा गर्न १९ अर्ब डलर आवश्यक पर्ने भन्दै देउवाले त्यसको लागि निजी क्षेत्र तथा वैदेशिक लगानीकर्ताको सहयोग चाहिने भनाइ राखे ।
प्रधानमन्त्री देउवाले पूर्वाधार विकास र आर्थिक उन्नति गर्दै सन् २०२६ सम्म विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्ने बताए ।
सरकार १५ औं पञ्चवर्षीय योजना अनुसार पूर्वाधार विकासलाई प्राथमिकता दिएर काम गरिरहेको भन्दै उनले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने नीति रहेको पनि बताए ।