सुर्खेत -सुर्खेतमा जग्गा पाउनुपर्ने माग गर्दै ५५ हजारले राष्ट्रिय भुमी आयोग जिल्ला समिति सुर्खेतमा निवेदन दिएका छन ।
आयोगको जिल्ला समिति सुर्खेतले साठे ५४ हजार भन्दा बढीको निवेदन प्राप्त भएको जानकारी दिएको छ।
जिल्लामा अव्यवस्थित बसोबासी गरिरहेका ४८ हजार ७ सय दुइ जना रहेका छन भने ९ हजार ८ सय ९५ जना भुमीहिन दलित र सुकुम्बासीहरु रहेकाछन । आयोग जिल्ला समिति सुर्खेतका अध्यक्ष श्रीधर पौड्यालले सबैभन्दा धेरै वीरेन्द्रनगरका १३ हजार ८ सय ८० जनाले निवेदन दिएका बताए।
यस्तै चौकुने गाउँपालिकाका चार हजार चार सय ८१ गुर्भाकोट नगरपालिकाका ६ हजार ५ सय ७० लेकवेसीका ४ हजार ७ सय ५५ चिङ्गाड गाउँपालिकाका ८ सय १५ जनाले निवेदन दिएका उनले बताए ।
यसैगरी पञ्चपुरी नगरपालिकाका ७ हजार ३ सय जना ,बराहालालका ४ हजार ६ सय ६३ जना भेरीगंगाका ८ हजार २ सय ५७ जना सिम्ताका ३ हजार २ सय ७२ जनाले जग्गा प्राप्तीकोलागि निवेदन दिएका उनको भनाइ छ ।
आयोगले एकपटक निवदेन दिन छुटेकाहरुको पनि लगत संकलनकोलागि भन्दै निवदेन दिन पनि आग्रह गरेको छ।
सुर्खेत जिल्लाभर करिब ६० हजारले जग्गा प्राप्तीकालागि निवेदन दिने अनुमान रहेको आयोग सुर्खेत समितिले जनाएको छ ।
ृुयसैगरी आयोग सुर्खेत समितिले पूर्वी सुर्खेतको साविक कोट माझखर्कका १ सय ४७ जनालाई जग्गाधनी लालपुर्जा वितरण गरेको जनाएको छ। जग्गाधनी लालपुर्जा पाएका व्यक्तीहरुले पनि आफ्नो स्वामित्वमा जग्गा आधिकारिक रुपमा लिन नपाएको आयोगले जनाएको छ ।