• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

रोकिएका स्ववियु निर्वाचन चैत १२ गतेभित्र सम्पन्न गर्न त्रिविको निर्देशन

देशका विभिन्न स्थानमा वर्षा

नेपाली कांग्रेस अब सत्ता पक्षको बेञ्चमा

चर्चित

  • १. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

  • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

  • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

  • ४. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

पुल नबनेपछि रानीघाटमा ‘फेरी’ जडान सुरु हुँदै

  •  राष्ट्रिय संञ्चार
  • ३१ भाद्र २०७९, शुक्रबार १२:५२ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    सुर्खेत-  निर्माण व्यवसायीले खरिद सम्झौता भएको १० वर्षसम्म पक्की पुल नबनाएपछि सडक डिभिजन सुर्खेतले रानीघाटस्थित भेरी नदीमा ‘फेरी’ जडानको काम सुरु गरेको छ ।

     

    Advertisement

    नयाँ ठेक्का प्रक्रियाबाट पुल निर्माण हुन कम्तीमा तीन वर्ष लाग्ने हुँदा सडक डिभिजनले सल्लीबजारमा यसअघि प्रयोगमा ल्याइएको ‘फेरी’लाई रानीघाट पु¥याएको हो ।

     

     

    सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, सडक डिभिजन सुर्खेतले ६० लाखमा ‘फेरी’का जडान कार्यका लागि बराह निर्माण सेवालाई जिम्मा दिएको छ । सडक डिभिजनका सूचना अधिकारी इञ्जीनियर तुलाराम शर्माले छिञ्चु–जाजरकोट खण्डमा पर्ने सल्लीबजारस्थित भेरी नदीमा जडान गरिएको ‘फेरी’लाई रानीघाट ल्याइएको बताए।

    Advertisement

     

    “फेरी जडानको काम सुरु भइसकेको छ, आगामी माघसम्म जडान गरिसक्ने लक्ष्य छ”, उनले भने, “पुल निर्माणमा समय लाग्ने हुँदा नागरिकलाई सहज यातायात सेवा प्रदान गर्न फेरी जडानको कामलाई तीव्रता दिइएको हो ।” फेरीको टावर राख्ने जगको काम सम्पन्न भई टावर निर्माणको काम सुरु गर्न लागिएको छ ।

     

    सडक डिभिजनले सम्झौताअनुसार म्याद थप भइसक्दासमेत निर्माण कार्यसम्पन्न गर्नतर्फ चासो नदिने, पटक–पटक ताकेता गर्दा अटेरी गरी निर्माणकार्यलाई अलपत्र पारेपछि रानीघाट पक्की पुलको ठेक्का तोडेको थियो । त्यहाँ पुल निर्माण गर्न सडक डिभिजन र पप्पु÷मल्ल जेभीबीच विसं २०६९ असार २९ गते सम्झौता भएको थियो । इञ्जीनियर शर्माले १० वर्ष बित्दासमेत पुल नबनाएपछि ठेक्का सम्झौता अन्त्य गर्दै सडक डिभिजनले कालोसूचीमा राख्न सडक विभागसमक्ष सिफारिस गरिएको जानकारी दिए ।

     

    वीरेन्द्रनगरदेखि करिब पाँच किमी दूरीमा रहेको रानीघाट पर्यटकीय क्षेत्र हो । रानीघाट हुँदै बर्दिया–सुर्खेत आउजाउ गर्न यो छोटो दूरी हो । रानीघाट–तेलपानी (बर्दिया) सडकको ट्रयाक खुलिसकेको छ । पुल नहुँदा सुर्खेतकै बराहताल गाउँपालिकाका चार वडाका बासिन्दा यातायात सेवाबाट बञ्चित भएका छन् ।

     

    गाउँपालिकाका अध्यक्ष भीमबहादुर भण्डारीले ‘फेरी’ सञ्चालनमा आएपछि रानीघाट, तेलपानी, श्रीचौर, बरपानी गाउँका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने बताए । उनका अनुसार वडा नं ३ को कार्यालय रहेको सुकुरमालाबाहेक अन्य दुई वडामा सडक पुगिसकेको छ । तर भेरी नदीमा पुल नहुँदा ती सडकमा यातायातका साधन सञ्चालनमा आउन सकेका छ्रैनन् ।

     

    गाउँपालिका अध्यक्ष भण्डारीले ‘फेरी’ जडानसँगै पक्की पुलका लागि ठेक्का प्रक्रिया सुरु गर्न सडक विभागलाई अनुरोध गरिएको बताए। “वर्षौँदेखि नदीका कारण भेरीपारिका नागरिक यातायात सेवाबाट बञ्चित हुनुपरेको छ, तत्कालका लागि फेरी सञ्चालनमा आए केही सहज हुनेछ”, उनले भने, “निर्माण व्यवसायीले के–कति कारणले काम गर्न नसकेको हो, त्यसको अध्ययनका आधारमा डिजाइन परिवर्तन गरेर पुल निर्माणको प्रक्रिया सुरु गर्नुपर्छ ।” ‘फेरी’ जडान भएपछि सडक स्तरोन्नति गर्ने र बाह्रै महिना यातायातका साधन सञ्चालन गर्न पालिका तयार रहेको उहाँको भनाइ छ ।

     

    सुर्खेत रानीघाट–तेलपानी बर्दिया सडकलाई सुर्खेत, बर्दिया र कैलाली जिल्ला जोड्ने दु्रतमार्गका रूपमा लिइन्छ । बर्दिया–सुर्खेत जोड्ने यो छोटो दूरी हो । रानीघाटमा पुल नहुँदा बर्दियाबाट कोहलपुर–बबई–छिञ्चु हुँदै लामो दूरी पार गरी सुर्खेत आउनुपर्ने बाध्यता छ ।

    Advertisement
    Advertisement

    Post Views: 1,175
    ३१ भाद्र २०७९, शुक्रबार १२:५२ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य
    यो पनि हेर्नुहोस
    १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा
    असिनाले बाली नष्ट : किसान चिन्तित
    लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    • २. स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

    • ३. कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

    • ४. १३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

    • ५. असिनाले बाली नष्ट : किसान चिन्तित

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    • ५. नेपाल यूएईसँग ६८ रनले पराजित

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology