सुर्खेत-कर्णाली प्रदेश सभाको पहिलो पाँच वर्षे कार्याकाल पूरा भएको छ ।
समानुपातिकको वन्द सूची निर्वाचन आयोगमा असोज दुइ गते बुझाउने भएका कारण आज एक गते रातीदेखि नै प्रतिनिधि सभा र प्रदेस सभाको कार्याकाल सकिदै छ।
कर्णाली प्रदेस सभाका सभामुख राजबहादुर शाहीले केहिदिन मै औंपचारिक कार्यक्रम गरेर सांसदलाई विदाई गर्ने जानकारी दिए।
कर्णाली प्रदेस सभाले आफ्नो पाँच वर्षे कार्यालमा आठ वटा अध्यादेश सहित ७८ वटा विधेयक दर्ता गरेपनि ४४ विदेयक मात्र पारित भएर कानुन बनेका छन।
प्रदेश प्रमुखबाट ४४ वटा विधेयक प्रमाणीकरण भएको प्रदेस सभा सचिवालयले जनाएको छ ।
प्रदेस सभाबाट निर्णय भई छलफलगरी संशोधनकालागि ११ वटा विधेयक विषयगत समितिमा पठार्इएको छ भने प्रदेश सभामा दर्ता भई टेबुल हुन बाँकी विधेयक ६ वटा रहेका छन्।
प्रदेश सभामा टेबुल भई कारबाही अघि बढ्न नसकेको विधेयक एउटा छ भने ८ वटा विधेयक फिर्ता भएको सचिवालयले जनाएको छ ।
२०७४ साल माघ २१ गते पहिलो बैठक बसेको कर्णाली प्रदेश सभामा ४० जना सदस्य रहने व्यवस्था भएपनि अहिले ३५ जना सदस्य छन ।
प्रदेस सभाको पहिलो कार्याकाल प्रदेसवासीका आवश्यक्ता सम्बोधन र आवश्यक कानुन निर्माण भन्दा पनि सत्ता चलखेल मै अल्झेको भन्दै आलोचना भर्इरहेको छ।