काठमाडौं- देशभर न्यूनतम तापक्रम घट्न थालेको छ । दिउँसोको समयमा घाम चर्किने भएकाले अधिकतम तापक्रममा खासै घटबढ भएको छैन, तर न्यूनतम तापक्रम भने बिस्तारै घट्न थालेको छ । काठमाडौं बिहानको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको छ ।
हिजो १२ दशमलव २ डिग्री सेल्सियस थियो । देशैभर बिहान र बेलुका चिसो हुन थालेको छ । आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशबाहेकका प्रदेशको मौसम सामान्यतया सफा नै रहने मौसमविद् हिरा भट्टराईले जानकारी दिए।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा अहिले घाम लागे पनि दिउँसो १२ बजेपछि बदली भइ क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद् भट्टराईले बताए । उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी प्रदेशको मौसम बदली हुन लागेको हो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।