• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

सत्ता साझेदार दलको बैठक बस्दै

तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

प्रदेश १ मा माओवादीको असन्तुष्टि

कर्णालीमा माओवादीका शर्मा मुख्यमन्त्री बन्दै

कर्णाली राजमार्ग स्तरवृद्धि गर्न दुई अर्ब बजेट माग

एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

चर्चित

  • १. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

  • २. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

निःशुल्क बिजुली बसको यान्त्रिक परीक्षण सफल

  •  राष्ट्रिय संञ्चार
  • १६ कार्तिक २०७९, बुधबार १२:२९ प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    लुम्बिनी- लुम्बिनी विकास कोषद्वारा दशैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो ।

     

    Advertisement

    दशैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी विकास कोषका बोर्ड सदस्य तथा परीक्षण इकाई समितिका संयोजक विश्व पौडेलले जानकारी दिए । उनकाअनुसार असोज १३ देखि कार्तिक १३ गतेसम्म बौद्ध परिपथका क्षेत्रबाट २० हजार २ सय ३६ जना यात्रुले निःशुल्क धम्म यात्रा नामक विजुली बसको सेवा लिएका छन् ।

     

    ६ वटा रुटमा ५ वटा बसमार्फत ५ सय २७ ट्रिप बस सञ्चालन हुँदा १६ हजार ३ सय ८४ किमि दुरी यात्रा गरेको कोषले जनाएको छ । यान्त्रिक परीक्षण इकाई समितिका अनुसार सबैभन्दा बढी लुम्बिनी बेलहिया रुटमा सबैभन्दा बढी १ सय ६० ट्रिप बस चल्दा ५ हजार ७ सय ८३ जना यात्रुले निःशुल्क विजुली बसको सेवा लिएका छन् । लुम्बिनी तिलौराकोट रुटमा १३१ ट्रिप बस चल्दा ५ हजार ७२, लुम्बिनी रामग्राम रुटमा ४८ ट्रिप बस चल्दा २ हजार २ सय ७०, लुम्बिनी बुटवलमा ४६ ट्रिप बस चल्दा एक हजार ३ सय ४६ जनाले सेवा लिएको संयोजक पौडेलले बताए ।

    त्यसै गरी लुम्बिनी देवदह रुटमा ५६ ट्रिप हुँदा २ हजार ८ सय १४ जना र लुम्बिनी वरपर र रामापुरसम्म ६८ ट्रिप बस चल्दा २ हजार ५ सय ७३ जनाले धम्म यात्राको सेवा लिएको कोषले जनाएको छ । लुम्बिनीमा सञ्चालित सटल बस शुरुको चरणमा ५ दिन मात्रै सञ्चालन भएको थियो । शुरुमा यान्त्रिक परीक्षण १५ दिन सञ्चालन गर्ने भनिए पनि कोषको सचिवालय बैठकले १५ दिन थप गरि छठसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    Advertisement

    बसको यान्त्रिक अवस्था, चार्जिङ जस्ता प्राविधिक पक्षको परीक्षण गर्दा सफल देखिएको कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बताए । उनले कोषले बसलाई व्यवसायिक रुपमा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याइने बताए । एक महिनासम्म यान्त्रिक परीक्षण गर्दा प्राविधिक रुपमा बस तयार भएको निष्कर्ष निकालिएको तर, सञ्चालनका लागि आवश्यक विधि र बसलाई हरियो नम्बर प्लेटमा ल्याउने काम प्रक्रियामा रहेकाले छिट्टै सञ्चालन गरिने कोषाध्यक्ष भट्टराईले बताए ।

    उक्त धम्म यात्रा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बलबाट चालक र सहयोगी प्राप्त भएकोमा कोषले धन्यवाद दिएको छ । कोषले बिजुली बसको यान्त्रिक परीक्षणका लागि बोर्ड सदस्य पौडेलको संयोजकत्वमा धर्मेन्द्र पाल र जावेद खाँन सदस्य रहेको तीन सदस्यीय बिजुली बस सञ्चालन परीक्षण इकाई समिति गठन गरेको थियो ।

    Advertisement
    Advertisement

    Post Views: 611
    १६ कार्तिक २०७९, बुधबार १२:२९ प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी
    नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर
    सत्ता साझेदार दलको बैठक बस्दै
    यो पनि हेर्नुहोस
    तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज
    भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु
    प्रदेश १ मा माओवादीको असन्तुष्टि
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मृगौला प्रत्यारोपण गर्ने प्रदेश अस्पताल सुर्खेतकाे तयारी

    • २. नगर प्रमुख भण्डारीलाई मानव अधिकार रक्षक सञ्जालको ध्यानाकर्षण : सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर

    • ३. सत्ता साझेदार दलको बैठक बस्दै

    • ४. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    • ५. भारतको लखनउमा बस दुर्घटनापरि तीन नेपालीको मृत्यु

    धेरै पढिएको
    • १. गृहमन्त्री रवि लामिछानेले हटाए अगुवापछुवा गाडी

    • २. सत्ता गठबन्धनकाे बैठक बस्दै

    • ३. एकपटक दुधमा बेसार मिसाएर पिउनुहोस्

    • ४. बुलबुले उद्यानमा वृहत् सरसफाइ

    • ५. तीन प्रदेशका मुख्यमन्त्रीको शपथग्रहण आज

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology