• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुर प्रदेश
  • स्वास्थ्य
  • समाज
  • मनोरञ्जन
  • खेलकुद
  • आर्थिक
  • रोचक
  • भिडियो
×
  • \ विज्ञापन
  • \ सम्पर्क
  • \ हाम्रो बारेमा
  • हाम्रो टिम
  • गृहपृष्ठ
☰
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुर प्रदेश
    • स्वास्थ्य
    • समाज
    • मनोरञ्जन
    • खेलकुद
    • आर्थिक
    • रोचक
    • भिडियो

ताजा अपडेट

कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

किन मनाइन्छ ‘अप्रिल फूल’?

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

पश्चिमी वायुको प्रभावले वर्षा

कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे

कर्णालीका नागरिकअझै दुषित पानि पिउन बाध्य

१३२ केभीए कोहलपुर सुर्खेत बिद्यूतको ५० प्रतिशत काम पूरा

असिनाले बाली नष्ट : किसान चिन्तित

चर्चित

  • १. पश्चिमी वायुको प्रभावले वर्षा

  • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

  • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

  • ४. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

ट्रेण्डिङ :

    काठमाडौं– सुर्खेत काठमाडौँ काठमाडौं । एजेन्सी कर्णाली कोरोना
Advertisement

मनाङकाे मौसम दिन प्रतिदिन चिसिँदै

  •  राष्ट्रिय संञ्चार
  • २० कार्तिक २०७९, आईतवार १२:३० प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    Advertisement

    लमजुङ – हिमालपारिको जिल्ला मनाङमा मौसम दिन प्रतिदिन चिसिँदो छ ।

     

    Advertisement

    चिसो बढे पनि चुनावी माहौल भने तात्दै गएको छ । केही दिनअघि काठमाडौंमा भोट माग्न ब्यस्त भएका मनाङका उम्मेदवार अहिले भने गाउँ फर्केर विकासे एजेन्डा बोकेर घरदैलोमा पुगेका छन् ।

     

    गतवर्ष यतिबेला मनाङीहरू बेंसी झर्न सुरु गरिसक्थे । ढिलोमा मंसिर पहिलो साता झर्ने गरे पनि सुरुवात अहिलेदेखि नै हुन्थ्यो । मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका याङ्डुङ गुरुङले चिसो बढ्दै गए पनि अहिले नै बेंसी झर्ने छुट नरहेको बताए । ‘चिसो बढ्दै आएको छ । काठमाडौं जाउँ भने चुनाव मुखैमा आयो ।

     

    Advertisement

    बेंसी झर्नुपर्ने बेला काठमाडौं–पोखरा बस्दै आएकाहरू पनि चुनावले गाउ आउने भए ,’ उनले भने । गुरुङका अनुसार चुनावले गाउँका नागरिक गाउँमै रोकिएका छन् । चुनावपछि मात्रै काठमाडौं जाने सल्लाह भएको उनले बताए ।

    मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार चिसो बढ्दै गए पनि चुनावका कारण मनाङी गाउँमै रोकिएको बताए । ‘मनाङी चुनाव कुरिरहेका छन् । चुनाव सकिएपछि मात्रै काठमाडौं–पोखरा झर्ने भनिरहेका छन्,’ उनले भने । उनका अनुसार उम्मेदवार गाउँ आएका छैनन् । उम्मेदवार आएपछि मात्रै चुनावी माहौल सुरु हुने उनले बताए । मनाङको नार्पाभूमिका बस्ती नार र फू गाउँ समुद्री सतहदेखि ४ हजार मिटर माथि छ । गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामाका अनुसार चिसो बढिसकेको छ । गाउले चुनावको पर्खाइमा छन् ।

    प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङीमा अहिले बेंसी झर्ने सुरसार छैन । गतवर्षभन्दा यस वर्ष चिसो अलि छिटो बढेको आभास भएको उनले बताए । ‘गतवर्ष अलि ढिलो चिसो बढेको हो । मंसिर पहिलो साता मनाङी झरिसक्थे । कात्तिक पहिलो सातादेखि जान सुरु हुन्थ्यो,’ उनले भने, ‘यसपटक भने मनाङी झरेका छैनन् । चुनाव सकेर जाने भन्दै छन् ।’

    मनाङमा एमालेबाट प्रतिनिधिसभामा पोल्देन छोपाङ गुरुङ उम्मेदवार छन् । सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ उठेका छन् । मनाङ प्रदेशसभा ‘१’ मा एमालेबाट राजनबहादुर गुरुङ र गठबन्धनबाट कांग्रेसका मुनिन्द्रजंग गुरुङ उम्मेदवार छन् ।

    नेपालमै सबैभन्दा कम ६ हजार ४९६ मतदाता रहेको मनाङमा सदरमुकामदेखि ३ दिनको पैदल दूरीमा समेत मतदानस्थल छन् । सबैभन्दा कम मतदाता नार्पाभूमि गाउँपालिका–५, फू गाउँको वडा कार्यालय मतदानस्थलमा कुल ७० मतदाता छन् । सबैभन्दा बढी मनाङ ङिस्याङ–५, भ्राका आधारभूत विद्यालय मतदानस्थलमा ५५७ जना मतदाता छन् ।

    मनाङमा तीन खाले मतदाता छन् । गाउँमै रहेका रैथाने मतदाता न्यून छन् । अर्काखालका मतदाता गाउँकै भए पनि बसोबास र व्यवसाय गाउँमा छैन । पोखरा, काठमाडौं वा अन्य सहरमा बसोबास गर्ने उनीहरू चुनाव, चाडपर्व वा जन्ममृत्युसहित धार्मिक संस्कारमा सहभागी हुन मात्र गाउँ आउँछन् । यस्ता मतदाताको संख्या मनाङमा ४० प्रतिशतभन्दा बढी छ । गाउँका मतदाताभन्दा सहरका मतदाता महंगा र निर्णायक मानिन्छन् ।

    Advertisement
    Advertisement

    Post Views: 524
    २० कार्तिक २०७९, आईतवार १२:३० प्रकाशित
    कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो
    किन मनाइन्छ ‘अप्रिल फूल’?
    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि
    यो पनि हेर्नुहोस
    पश्चिमी वायुको प्रभावले वर्षा
    कर्णाली प्रदेश सभाको बैठक आज बस्दै
    स्थानीय खोला तथा नदीबाट सुर्खेतमा अवैध बालुवा गिटी, ढुङ्गा उत्खनन गर्ने क्रम बढ्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. कर्णालीमा सधैं पाठ्यपुस्तककै पिरलो

    • २. किन मनाइन्छ ‘अप्रिल फूल’?

    • ३. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि

    • ४. पश्चिमी वायुको प्रभावले वर्षा

    • ५. कर्णाली प्रदेश सभाको बैठक आज बस्दै

    धेरै पढिएको
    • १. असिनाले बाली नष्ट : किसान चिन्तित

    • २. लेकबेशीले स्वयमसेवक करार तथा पि.सि.एफ शिक्षक नराख्ने

    • ३. आठ दलीय गठबन्धनले सात वटै प्रदेशमा कार्यक्रम गर्दै

    • ४. नेपाल यूएईसँग ६८ रनले पराजित

    • ५. आज होली खेल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुस्

    सम्पर्क

    Karnali Technology and Media House Pvt Ltd

    विरेन्द्रनगर–०६ , सुर्खेत

    सूचना बिभाग दर्ता नं.

    २५९६/०७७-०७८

    सम्पर्क

    ९८५८०६८४०४/९८४८००५५३२

    ई–मेल

    [email protected]
    हाम्रो टिम
    संयोजक योगेश नारायण चपाई
    सम्पादक कृष्ण बहादुर राना
    उप सम्पादक पूर्ण बहादुर खड्का
    सल्लाहाकार बिक्रम शर्मा
    भिडियो प्रविन गुरुङ
    रिपोर्टर्स धन बहादुर कार्की दिनेश ढकाल
    हाम्रो फेसबुक
      Rastriya Sanchar
    Copyright ©2023 Rastriya Sanchar | All rights Reserved.
     Website By :  Karnali Technology