काठमाडाै- आज सुदूरपश्चिम र कर्णाली प्रदेशको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् । पश्चिमी वायु सक्रिय भएकाले त्यस क्षेत्रको मौसम हिजोदेखि नै आंशिकदेखि सामान्य बदली भएको छ।
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार अन्य पहाडी क्षेत्रको मौसम भने आज आंशिक बदली हुने अनुमान रहेको छ ।
अहिले काठमाडौंसहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । बिस्तारै हुस्सु कुहिरो हटेर घाम लाग्ने मौसमविद्ले बताएका छन् । तराईका जिल्लाको मौसम भने आज सामान्यतया सफा नै रहने अनुमान गरिएको छ ।
यस्तै, उच्च हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि [email protected] मा इमेल पठाउन सक्नुहुन्छ ।